पोखरा प्रमुखमा गठबन्धनका आचार्य र उपप्रमुखमा एमालेकी गुरुङ अगाडि
पाेखरा, जेठ ८ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख चार हजार...
पाेखरा, जेठ ८ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख चार हजार २१२ मतगणना सकिएको छ ।
पोखरामा आज दिउँसोकाे मतमतगणना अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन्।
आचार्य अहिलेसम्म ३ हजार ३ सय ९५ मतले अघि छन्। आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दा उनका निकटतम प्रत्यासी नेकपा एमालेका कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन्।
यसैगरी महानगरको उपप्रमुखमा भने एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ। गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४१ हजार ९२० मत रहेको छ। उपप्रमुखमा एक हजार ६९६ मतान्तर छ।
वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो। महानगरका ३३ वडामध्येमा अहिले वडा नं. १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ नम्बरको मतगणना भइरहेको छ।
गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ नं रहेका छन्। हालसम्म २० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।











