Kathmandu Press

सरकारमा गएर के काम गर्ने भन्ने याेजना दलहरूसँग छैन : महामन्त्री थापा

काठमाडाैं, जेठ ८ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरुसँग नरहेको बताएका छन्। आइतबार काठमाडौंमा राष्ट्रिय योजना आयोगका...
सरकारमा गएर के काम गर्ने भन्ने याेजना दलहरूसँग छैन : महामन्त्री थापा

काठमाडाैं, जेठ ८ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरुसँग नरहेको बताएका छन्। 

आइतबार काठमाडौंमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गर्दै थापाले राजनीतिक दलहरुको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताएको हो।

उनले जतिसुकै ठुला कार्यक्रम ल्याएपछि कार्यान्वयनको नीति फितलाे देखिएको जिकिर गरे। थापाले अगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दाबी गर्दै सरकारमा गएपछिको भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको उल्लेख गरे।

कांग्रेसले बहुमत प्राप्त गर्दै गर्दा मुलुकलाई दुर्घटनामा पार्दैन भनेर कसरी आश्वस्त पार्ने भन्ने विषय प्रमुख रहेको उनको भनाइ छ। त्यस्तै थापाले मुलुकका विभिन्न स्थानमा स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा दलहरुले उम्मेदवार उठाउँदा निकै सोचविचार गर्नुपर्ने अवस्था आएको धारणा राखे।

पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकमा वाग्लेद्वारा लिखित बिभिन्न लेखहरु संग्रहित गरिएको छ। 

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्