भरतपुरमा ९२ हजार मत गणना सकियो, ८ हजार मतान्तरले रेणुको अग्रता
कुल १ लाख २७ हजार ८३९ मत मध्ये ३५ हजार मत गणना हुन बाँकी छ।
काठमाडौं, जेठ ८ : भरतपुर महनगरपालिकाको मेयरका लागि जारी मतगणनामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् ।
आइतबार दिउँसोको अपडेट अनुसार दाहालले ८ हजार ५९ मतान्तरले अग्रता लिएकी छन् । उनले ३७ हजार २७ मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले २८ हजार ९६८ मत ल्याएका छन् ।
मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गरेका छन् भने विवेकशील साझाका प्रविन काफ्लेले २२९ मत ल्याएका छन् ।
उपमेयरमा पनि गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी १६ हजार मतान्तरले अगाडि छन् । अधिकारीले ३९ हजार १२९ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २२ हजार ९११ मत ल्याएकी छन् ।
भरतपुर महानगरपालिकाकामा १ लाख २७ हजार ८३९ मत खसेको थियो । जसमध्ये आइतबार सम्म ९२ हजार मत गणना सकिएको छ । मतगणना अन्तिम अन्तिम चरणमा पुग्दै गर्दा गठबन्धनकी उम्मेदवार दाहालले मतान्तर फराकिलो बनाइरहेकी छन्।











