शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेस विजयी
कञ्चनपुर, जेठ ८ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एमालेका उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन्।आज (आइतबार) सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित...
कञ्चनपुर, जेठ ८ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एमालेका उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन्।
आज (आइतबार) सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन्।
महराले ६ हजार ७७३ मत प्राप्त गर्नुभयो भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भट्टले ६ हजार २६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरेका छन्। शुक्लाफाँटाको नगर उपप्रमुखका नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएका छन्। उनले ६ हजार ५१९ मत प्राप्त गरेका छन्।
त्यसैगरी उप्रमुखमा नेकपा एकीकृत समाजवादी का माधव पन्तले ५ हजार ३ सय ६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले पाँच हजार २ सय ३६ मत प्राप्त गरेका छन्।
अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल निर्वाचित भएका थिए।
नौ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ।
यहाँको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।











