काठमाडौंमा ८७ हजार मत गणना हुन बाँकी, बालेन ४० हजार मतसहित अग्रस्थानमा
काठमाडौं महानगरपालिकामा १ लाख १२ हजार १२७ मत गणना सकिएको छ।
काठमाडौं, जेठ ८ : काठमाडौं महानगरपालिकामा १ लाख १२ हजार १२७ मत गणना सकिएको छ ।
आइतबार दिउँसोसम्म महानगरका ३२ वडामध्य १४ वडाको अन्तिम नतिजा सार्वजनिक भएको हो । जारी मतगणना अनुसार महानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ४० हजार मत कटाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले ४० हजार ३ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पार्दै गठबन्धनकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा आएकी छन् । आइतबार दिउँसोसम्म सिंहले २२ हजार ७४९ मत पाएकी छन् भने स्थापितले २२ हजार ९५ मत सहित पछ्याइरहेका छन् । सिंहको बालेनसँगको मतान्तर भने १७ हजार २५४ रहेको छ ।
महानगरमा अब ८७ हजार मत गणना हुन बाँकी छ । महानगरको वडा नम्बर ९, १०, ११, १२ र २३, २४, २५ र २६ को मतगणना जारी छ।
प्रकाशित मिति: १३:५४ बजे, आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











