व्यासको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा
तनहुँ, जेठ ८ : तनहुँकाे व्यास नगरपालिकामा बुधबार साँझदेखि थालेको मतगणना हालसम्म जारी छ।कुल खसेको ३० हजार २४७ मतमध्ये २४ हजार १ सय...
तनहुँ, जेठ ८ : तनहुँकाे व्यास नगरपालिकामा बुधबार साँझदेखि थालेको मतगणना हालसम्म जारी छ।
कुल खसेको ३० हजार २४७ मतमध्ये २४ हजार १ सय ८७ मतगणना कार्य सम्पन्न भएको छ। शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ।
आज बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले ९ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ९ हजार ६०६ मत पाएका छन्। कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ।
त्यसैगरी उपप्रमुखमा कांग्रेसका इन्दिरा दरैले १० हजार ९१३ र एमालेकी बसुन्धरा घर्ती ८ हजार ३०७ मत पाएका छन्। दरै २ हजार ६०६ मतले अग्रस्थानमा छन्।
व्यासमा चौध वडा रहेका छन्। अब कुल छ हजार ६० मतगणना गर्न बाँकी छ। सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।











