७०७ पालिकाको मतगणना सम्पन्न : ३१२ पालिका जितेको कांग्रेस अग्रस्थानमा
मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिका क्रममा एमाले, माओवादी केन्द्रलगायत छन्। काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगन्ज महानगरसहित केही पालिकाको मतगणना जारी छ।
काठमाडाैं, जेठ ८ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ।
गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७५३ स्थानीय तह रहेकामा ७०७ स्थानको मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ।
मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिका क्रममा एमाले, माओवादी केन्द्रलगायत छन्। काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगन्ज महानगरसहित केही पालिकाको मतगणना जारी छ।
बाजुराको बुढी गंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनः मतदान गर्ने भन्नेमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी छ।
आज (आइतबार) अपराह्न १ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ३१२ पालिकामा प्रमुख/अध्यक्ष जित हासिल गर्दा १३ पालिकामा अग्रता लिइरहेको छ। कांग्रेसले २८७ पालिकामा उपप्रमुख÷उपाध्यक्ष जितेको छ भने १२ स्थानमा अग्रता लिइरहेको छ।
दोस्रो स्थानमा रहेको एमालेले १९० पालिकामा प्रमुख÷अध्यक्ष जित्दा १६ पालिकामा अग्रता कायम गरेको छ। २१८ पालिकामा उपप्रमुख/उपाध्यक्ष जित्दै एमालेले २२ पालिकामा ३० अग्रता कायम गरेको छ।
तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। माओवादी केन्द्रले १२० पालिकाको प्रमुख पदमा विजयी हुँदा २ पालिकामा अग्रता कायम गरिरहेको छ। हालसम्म माओवादी केन्द्रले १२५ पालिकामा उपप्रमुख र उपाध्यक्ष जितेको छ र २ स्थानमा अग्रता कायम गरेको छ।
चौथो स्थानमा रहेको जनता जनता समाजवादी पार्टी (जसपा) ले २८ पालिकाको प्रमुख पदमा विजयी हुँदा ३ पालिकामा अग्रता कायम गरिरहेको छ। हालसम्म जसपाले २९ पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको छ र २ स्थानमा अग्रता कायम गरेको छ।
नेकपा एकीकृत समाजवादीले पनि १७ पालिकामा प्रमुख पद जितिसकेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ। २१ स्थानमा उपप्रमुख र उपाध्यक्ष जितिसकेको एकीकृत समाजवादीले २ स्थानमा अग्रता लिइरहेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १२ वटा प्रमुखरअध्यक्ष पद जितेको छ भने ५ वटामा अग्रता लिएको छ। उपप्रमुख÷उपाध्यक्ष पदमा ९ वटामा विजय हासिल गरेको लोसपाले ४ स्थानमा अग्रता कायम भने गरिरहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्तिलगायत अन्य विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले २८ पालिकाको प्रमुखमा विजय हासिल गर्दा ३ स्थानमा अगाडि लिइरहेका छन्।
पालिका उपप्रमुखमा पनि १८ स्वतन्त्र उम्मेदवारले जितिसकेका छन्।











