Kathmandu Press

कञ्चनपुरको कृष्णपुर नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा कांग्रेस 

कांग्रेस उम्मेदवार ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गरे भने उनका निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का जोगराम चौधरीले ८ हजार ३०० मत ल्याए।
कञ्चनपुरको कृष्णपुर नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा कांग्रेस 

कञ्चनपुर, जेठ ८ : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित भएका छन्।

ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गरे भने उनका निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

उपप्रमुखतर्फ कांग्रेसकै द्रौपती राना नौ हजार ६७५ मत प्राप्त निर्वाचित भइन् भने उनकी निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गरिन् । यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसित पराजित भएकी थिइन्। 

प्रकाशित मिति: १३:२६ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्