२५ वर्षपछि काठमाडौं महानगरपालिका–७ मा कांग्रेस विजयी
काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा २५ वर्षपछि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
काठमाडौं, जेठ ८ : काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा २५ वर्षपछि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार २ हजार ८६७ मतसहित नेपाली कांग्रेसका विमलकुमार होडा वडाध्यक्ष निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णमणि भट्टराईले २ हजार ८१६ मत ल्याए भने एकीकृत समाजवादीका सुद्धकुमार डंगोलले ९२४ मत ल्याए।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल थापाले ५५८ मत ल्याउँदा नेकपा माअोवादी केन्द्रका उम्मेदवार विष्णुकुमार चौलागाईँले ११२ मत ल्याए।
यस वडामा चार वडासदस्य पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट विजयी भएका वडा सदस्यहरुमा उज्वल अर्याल, सुरेश शाहि, महिला तर्फ रुपा थापा र दलित महिलातर्फ कल्पना सुन्दास रहेका छन्।
प्रकाशित मिति: ११:५५ बजे, आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











