धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित
धनगढी, जेठ ८ : कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन्।आज बिहान सम्पन्न मतगणनाअनुसार, उनले २६ हजार ४४३ मत...
धनगढी, जेठ ८ : कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन्।
आज बिहान सम्पन्न मतगणनाअनुसार, उनले २६ हजार ४४३ मत पाए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार १४६ मत पाए।
त्यस्तै, उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार नन्दकला राना निर्वाचित भएकी छन्। उनीे गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) शान्ति अधिकारीलाई पराजित गर्दै उपमेयर बनेकी हुन्।
प्रकाशित मिति: ०८:१० बजे, आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











