Kathmandu Press

पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता

पोखरा, जेठ ८ : पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन्।आज बिहानसम्म एक लाख एक हजार...
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता

पोखरा, जेठ ८ : पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन्।

आज बिहानसम्म एक लाख एक हजार १२१ मत गणना भएको छ। मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले ४० हजार ४३४ मत पाएका छन्।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत पाएका छन्। थापा तीन हजार २६० मतान्तरले पछाडि छन्।

त्यस्तै, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन्। उनले ४२ हजार ३१६ मत पाएकी छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७०४ मत पाएकी छन्।

प्रकाशित मिति: ०७:४१ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्