Kathmandu Press

भरतपुरमा रेणु दाहाल सात हजार मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
भरतपुरमा रेणु दाहाल सात हजार मतले अगाडि

चितवन, जेठ ८: भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

आज बिहानसम्म ८८ हजार २८२ मतगणना भएको छ। मेयरमा दाहालले ३४ हजार ६४८ मत पाएकी छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदी सात हजार मतले पछाडि परेका छन्। सुवेदीले २७ हजार ३७० मत पाएका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाएका छन्। तेस्रो नम्बरमा रहेका पौडेलले ११ हजार ७२० मत पाएका छन्।

प्रकाशित मिति: ०७:०८ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्