काठमाडौंमा बालेनले बनाए अग्रता फराकिलो
काठमाडौं, जेठ ८ : काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता फराकिलो बन्दै गएको छ।आज बिहानसम्मको मतगणनाअनुसार, सहाले ३७ हजार ६१ मत...
काठमाडौं, जेठ ८ : काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता फराकिलो बन्दै गएको छ।
आज बिहानसम्मको मतगणनाअनुसार, सहाले ३७ हजार ६१ मत पाएका छन्। उनको निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसकी सिर्जना सिंह आएकी छन्।
कांग्रेस उम्मेदवार सिंहले २० हजार ५२० मत पाएकी छन्। नेकपा (एमाले)का केशव स्थापित तेस्रो नम्बरमा पुगेका छन्।
एमाले उम्मेदवार स्थापितले २० हजार ३१६ मत पाएका छन्।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलको अग्रता झनझन फराकिलो बन्दै गएको छ। उनी शुरुआतदेखि नै अग्रता लिइरहेकी छन्।
प्रकाशित मिति: ०६:५६ बजे, आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











