सुनसरीको हरिनगरमा कांग्रेस उम्मेदवार विजयी
सुनसरी, जेठ ७ : सुनसरीको हरिनगरा गाउँपालिकामा पुरानै नेतृत्व आएको छ। शनिबार साँझ आएको अन्तिम मत परिणाम अनुसरा अध्यक्षमा गफार अन्सारी मिया र...
सुनसरी, जेठ ७ : सुनसरीको हरिनगरा गाउँपालिकामा पुरानै नेतृत्व आएको छ। शनिबार साँझ आएको अन्तिम मत परिणाम अनुसरा अध्यक्षमा गफार अन्सारी मिया र उपाध्यक्षमा रिमझिमकुमारी भगत विजयी भएका छन्। दुवै नेपाली कांग्रेसका उम्मेदवार हुन्।
अध्यक्षमा पुनः निर्वाचित भएका अन्सारीले ६ हजार १ सय ७२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका लस्करी अन्सारीले ५ हजार १ सय ५४ मत लाए ।
भगत ६ हजार २ सय १३ मत ल्याएर उपाध्यक्षमा विजयी भइन् । उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी कोशीलाकुमारी साहुले ५ हजार ४ सय ७ मत ल्याइन् ।
प्रकाशित मिति: २३:३५ बजे, शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











