Kathmandu Press

इटहरीको मेयरमा कांग्रेसका पौडेल निर्वाचित

इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल निर्वाचित भएका छन्।
इटहरीको मेयरमा कांग्रेसका पौडेल निर्वाचित

इटहरी, जेठ ८ : इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल निर्वाचित भएका छन्।

उनी नेकपा (एमाले)का यामकुमार चुङवाङ सुब्बलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनले ३३ हजार ४९ मत पाएका छन् भने सुब्बाले २८ हजार ३१ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार संगीताकुमारी चौधरी निर्वाचित भएकी छन्। उनले ३२ हजार ४३६ मत पाए भने प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का केशवकुमार विष्टले १८ हजार ३१ मत पाए।

प्रकाशित मिति: ०६:२८ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्