हेटाैंडामा मिनि ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु
हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा घाइते भएका सात मध्ये चार जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे।
काठमाडाैं, जेठ ७ : हेटाैंडा-काठमाडौं सडक खण्डमा मिनि ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा घाइते भएका सात मध्ये चार जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे। मृतककाे सनाखत हुन सकेकाे छैन।
दुर्घटनापछि घाइते भएका २ जनालाई काठमाडौंकाे ट्रमा सेन्टर र ५ जना हेटाैंडा अस्सपताल लगिएकाे थियाे।
इलाका प्रहरी कार्यालय भीमफेदीले जनाए अनुसार गाडी इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा ओभर स्पिडका कारण दुर्घटनामा परेकाे थियाे।
प्रकाशित मिति: २०:३७ बजे, शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











