गलत मतपरिणाम सुनाएपछि गुजरा नगरपालिकाकाे मतगणना स्थल बाहिर ढुंगामुढा
काठमाडाैं, जेठ ७ : रौतहटको गुजरा नगरपालिकाकाे मतगणना स्थलमा स्थानीयले ढुंगामुढा गरेका छन। मतपरिणामको विषयमा विवाद बढेपछि स्थानीयले मतगणनास्थलको गेट तोडफोड गरेका हुन।मतगणना...
काठमाडाैं, जेठ ७ : रौतहटको गुजरा नगरपालिकाकाे मतगणना स्थलमा स्थानीयले ढुंगामुढा गरेका छन। मतपरिणामको विषयमा विवाद बढेपछि स्थानीयले मतगणनास्थलको गेट तोडफोड गरेका हुन।
मतगणना स्थलका कर्मचारीले परिणाम सार्वजनिक गर्दा पटक-पटक त्रुटि भएपछि उम्मेदवारका समर्थक आक्राेशित बनेका हुन।
आक्राेशित समर्थकलाइ नियन्त्रणमा लिन सुरक्षाकर्मीले दुई राउन्ड अश्रुग्याससमेत प्रहार गरेको छ ।
मतपरिणाम नै गलत सुनाएपछि मतगणना दिउँसोबाट रोकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ।
नगरप्रमुख पदका उम्मेदवार जसपाका शन्तलाल चौधरीको छाता छाप र वडा नम्बर ५ का स्वतन्त्र उम्मेदवार शेख जमालुद्दिनले पाएको मत परिणाम गलत सुनाएपछि विवाद बढेको थियाे। अहिले कांग्रेस, एमाले र एकीकृत समाजवादीलगायत दलले पुन: मतगणनाको माग अघि सारेका छन्।
प्रकाशित मिति: २०:२४ बजे, शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











