Kathmandu Press

बुटवलमा २५ वर्षपछि कांग्रेसकाे पुनरागमन

काठमाडाैं, जेठ ७ : नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन।...
बुटवलमा २५ वर्षपछि कांग्रेसकाे पुनरागमन

काठमाडाैं, जेठ ७ : नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन। एमालेका उम्मेद्वार बाबुराम भट्टराइलाई सात हजार ५३३ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन।

नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेकाे थियो। पाण्डेयले ३० हजार १३० मत पाएका छन।

पाण्डेयको जितसँगै बुटवल उपमहानगरपालिकाको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ। बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो।

२०७४ को निर्वाचनमा उनी उम्मेदवारी दिएका पाण्डेयलाइ एमालेका शिवराज सुवेदीले हराएका थिए।

बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ।

प्रकाशित मिति: १९:३४ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्