Kathmandu Press

कलैयाका जनप्रतिनिधलाई ताैल बराबरकाे लड्डुले स्वागत

विजयी र्‍याली मनाउँदै हिडेका तीनै जनालाई महमद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन्।
कलैयाका जनप्रतिनिधलाई ताैल बराबरकाे लड्डुले स्वागत

काठमाडाैं, जेठ ७ : कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर र वडा नं १० का अध्यक्षले आफ्नाे ताैल बराबरकाे लड्डुकाे स्वागत पाएका छन्।

मेयर विनोद साह, उपमेयर रौशन प्रविन र वडा नं. १० का वडाध्यक्ष मोहमद सबिरलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन्।

विजयी र्‍याली मनाउँदै हिडेका तीनै जनालाई महमद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन्।

ठकुराईले जनप्रतिनिधिलाई काँटाकाे एक साइडमा राखेर उनीहरुकै तौल बराबरको लड्डु अर्काे साइडमा राखेर ताैलेका थिए। त्यो लड्डु पछि उपस्थित समर्थकलाई बाँडिएको थियाे।

ठकुराईले जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताए। ठकुराईकाे स्वागतपछि मेयर साहले नागरिकको यसप्रकारको विश्वासलाई आफूहरुले कहिल्यै टुट्न नदिने बताएका छन्।

प्रकाशित मिति: १९:०४ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्