Kathmandu Press

सौन्दर्य प्रतियोगिताका आयाेजक पाण्डे पक्राउ

काठमाडाैं, जेठ ७ : प्रहरीले किशाेरी बलात्कारकाे अभियाेगमा मनाेज पाण्डेलाइ पक्राउ गरेकाे छ। मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक रहेका पाण्डेलाई शनिबार प्रहरीले पक्राउ...
सौन्दर्य प्रतियोगिताका आयाेजक पाण्डे पक्राउ

काठमाडाैं, जेठ ७ : प्रहरीले किशाेरी बलात्कारकाे अभियाेगमा मनाेज पाण्डेलाई पक्राउ गरेकाे छ। मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक रहेका पाण्डेलाई शनिबार प्रहरीले पक्राउ गरेकाे हाे।

सौन्दर्य प्रतियोगिताको समयमा आठ वर्षअघि किशाेरीलाई बलात्कार गरेकाे भन्दै प्रहरीले उनलाई स्वयम्भूबाट पक्राउ गरेकाे हाे।

सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका पाण्डेले प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर आफूमाथि बलात्कार गरेको पीडितको भनाइ छ।

बुधबार पीडितले सामाजिक सञ्जालमा भिडियो आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटना सार्वजनिक गरेकी थिइन।

 

प्रकाशित मिति: १८:२२ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्