कपिलवस्तुको यशोधरा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
कपिलवस्तु, जेठ ७ : कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी र गुन्जादेवी मौर्या निर्वाचित भएका छन्।तिवारीले नेपाली...
कपिलवस्तु, जेठ ७ : कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी र गुन्जादेवी मौर्या निर्वाचित भएका छन्।
तिवारीले नेपाली काँग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा विजयी हुनुभएको हो। विजयी तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरे।
त्यस्तै गुन्जादेवी मौर्याले काँग्रेस उम्मेदवार बिन्द्रावती यादवलाई ८ सय ८ मतले हराउँदै विजयी हुनुभएको हो। उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याउनु भएको हो। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी यादवले ३ हजार २३७ मत प्राप्त गरे।
एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडा १, २ र ८ गरी तीनवटा वडा जितेको छ। त्यस्तै कांग्रेसले वडा नं. ३ र ७ गरी दुर्ई वटा वडा, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन्। यस्तैै यशोधरा गाउँपालिकाका नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालयले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो। ८ वडा रहेको गाउँपालिका मा ४२ जना पदाधिकारीहरु निर्वाचित भएका छन्।











