Kathmandu Press

सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

कैलाली, जेठ ७ : कैलालीमा सार्वजनिक बिदाका दिन चालाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ। सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न...
सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

कैलाली, जेठ ७ : कैलालीमा सार्वजनिक बिदाका दिन चालाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ। सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ। 

'कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइयो,' जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भने, 'यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ।' 

प्रमुख जिल्ला अधिकारी किरण थापाले बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाइएको बताए। प्रजिअ थापाले भने, 'बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइनेछ।' 

प्रकाशित मिति: १७:३३ बजे, शनिबार, जेठ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्