Kathmandu Press

पोखरामा स्कुल बस दुर्घटना ५ जनाको मृत्यु

दुर्घटनाा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय सुवेच्छा तिवारीको मृत्यु भएको छ भने अर्का एकजना मृतक अन्दाजी १५ वर्षीय महिलाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
पोखरामा स्कुल बस दुर्घटना ५ जनाको मृत्यु

कास्की, असोज २३ : पोखरामा स्कुल बस दुर्घटनामा भएको छ। 

शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस आज बिहान पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्किंदै गर्दा ओख्लेभीर भन्ने स्थानमा दुर्घटनामा  ५ जनाको मृत्यु भएको छ। 

मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। 

दुर्घटनाा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय सुवेच्छा तिवारीको मृत्यु भएको छ भने अर्का एकजना मृतक अन्दाजी १५ वर्षीय महिलाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचा भइरहेको छ। घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेलको आईसीयूमा उपचार भइरहेको 

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, असोज २३, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्