बलात्कारपीडितलाई न्याय दिनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन
काठमाडाैं, जेठ ७ : हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।आठ वर्षअघि भएको...
काठमाडाैं, जेठ ७ : हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।
आठ वर्षअघि भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागी हुँदा होटलमा बोलाएर बलात्कार गरेको र त्यसपछिपनि निरन्तर शोषण गरिएको भन्दै एक युवतीले सामाजिक सञ्चालमार्फत खुलासा गरेपछि प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने भन्दै नारावाजी गरेका थिए।
त्यस्तै उनीहरुले यस बिषयमा छिटो अनुसन्धान सुरु गर्न पनि राज्यको ध्यानाकर्षण गराएका थिए। बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको खुलासा गरेपछि युवाहरुले प्रदर्शन सुरु गरेका छन्।




प्रकाशित मिति: १७:०६ बजे, शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











