Kathmandu Press

उदयपुरका मेयर र अध्यक्षले शपथ ग्रहण लिए

उदयपुरका मेयर र अध्यक्षले शपथ ग्रहण लिए

उदयपुर, जेठ ७ : स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित उदयपुरका मेयर र अध्यक्षले शपथ ग्रहण लिएका छन्।

बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले जिल्ला स्थित उदयपुर जिल्ला अदालतमा शनिबार एक समारोहका बिचे सपथ ग्रहण लिएका हुन्।

Hardik ivf

शनिबार जिल्लाका ६ पालिकाका निर्वाचित पालिका प्रमुखलाइ उदयपुर जिल्ला न्यायाधीश दिपक खनाले शपथ खुवाएका थिए।

उदयपुरमा  चार नगरपालिका र चार गाउँपालिका रहेकामा कटारी नगरपालिकाको मतगणना जारी रहेको छ भने सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा विवादका कारण मतगणना हुन सकेको छैन।

शनिबार सपथ लिनेहरुमा बेलका नगरपालिकाका नेपाली कांग्रेसका विजयी नगर प्रमुख अशोक कार्की र चौदण्डिगढि नगरपालिकाका नेकपा एमालेको तर्फबाट विजयी नगर प्रमुख  कालुमान लामा रहेका छन भने उदयपुरगढि गाउँपालिका अध्यक्ष एकिकृत समाजवादीका मान बहादुर केप्छाकी मगर र ताप्ली गाउँपालिका अध्यक्षमा माओवादि केन्द्रका ढुङ्राज विश्वकर्मा, रौतामाई गाउँपालिकामा अध्यक्षमा माओवादि केन्द्रका विरेन्द्र कुमार मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मेजर राई  निर्वाचित भएसंगै सपथ ग्रहण लिएका छन्। 

प्रकाशित मिति: १७:०० बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्