Kathmandu Press

कपिलवस्तुको विजयनगरमा पुनः एमालेकै नेतृत्व

कपिलवस्तु, जेठ ७ : कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको छ। अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित...
कपिलवस्तुको विजयनगरमा पुनः एमालेकै नेतृत्व

कपिलवस्तु, जेठ ७ : कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको छ। अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित हुनुभएको हो।

थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवले पाँच हजार ३३४ मत प्राप्त गरे। उपाध्यक्षमा निर्वाचित थारूले चार हजार ९३० मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाकी गुञ्जेश्वरी कुर्मीले चार हजार ८४९ मत प्राप्त गरे। 

२०७४ सालमा पनि थापा र थारू नै निर्वाचित भएका थिए। यस गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित ६ वटा वडा जितेको छ। सातवटा वडा रहेको गाउँपालिकामा जसपाले एक वडाध्यक्ष जितेको छ।

नवनिर्वाचित प्रमुखउप्रमुखलाई स्वागत 

दियालो नेपाल नामक संस्थाले शिवराज नगरपालिकाका नवनिर्वाचित प्रमुखउपप्रमुखलाई स्वागत गरेको छ।

प्रमुखमा अजय थापा र उपप्रमुखमा शिवकुमारी थारू निर्वाचित भएपश्चात संस्थाका अध्यक्ष तारा थापा तथा संस्थापक अध्यक्ष मीना परियारले २५/२५ किलोका माला लगाई सम्मान गरेका हुन्।

दलित मानवअधिकार निगरानी समितिका अध्यक्षसमेत रहेका परियारले निर्वाचित प्रतिनिधिसँग नगरवासीले ठुलो आशा र अपेक्षा राखेकाले पाँच वर्षमा नमुना काम गर्न आग्रह गरे।

सम्मान ग्रहण गर्दै नगरप्रमुख थापाले शिवराजको विकास र समृद्धिमा आफू कटिबद्ध भएर लाग्ने बताए।

प्रकाशित मिति: १५:०२ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्