Kathmandu Press

धनुषाको सबैला प्रमुख र उपप्रमुखमा माओवादीको जित 

धनुषा, जेठ ७ : धनुषाको सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन्।मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका कारीराम यादव प्रमुखमा र...
धनुषाको सबैला प्रमुख र उपप्रमुखमा माओवादीको जित 

धनुषा, जेठ ७ : धनुषाको सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन्।

मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका कारीराम यादव प्रमुखमा र रहीमा खातुन उपप्र्रमुखमा निर्वाचित भएका हुन्।

Hardik ivf

प्रमुखमा निर्वाचित यादवले चार हजार २१२ मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले ४ हजार ७६ मत प्राप्त गरे।

उपप्रमुखमा माओवादीकी खातुन ४ हजार ६९९ मतसहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले ३ हजार ६ सय ४ मत प्राप्त गरिन्।

प्रकाशित मिति: १४:५१ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्