धनुषाको मिथिला, गणेशमान र हंसपुरमा कांग्रेस विजयी
धनुषा, जेठ ७ : धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ। एमालेका अनिलकुमार यादवलाई २१० मतान्तरले...
धनुषा, जेठ ७ : धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ। एमालेका अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी भए।
राजेन्द्रले ४३०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहेका अनिलले ४ हजार ९४ मत प्राप्त गरे।उपप्रमुखमा भने नेकपा माओवादीकी शोभादेवी साह विजयी हुनुभएको छ। साहले ३३३० मत ल्याउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी०की अनिता कुमारीले २७९७ मत प्राप्त गर्नुभएको छ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका जीतनारायण यादव प्रमुखमा र तुलसाकुमारी पाण्डे उपप्रमुखमा निर्वाचित भएका हुन्।
प्रमुखमा निर्वाचित यादवले तीन हजार १०८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गरे।
उपप्रमुखमा नेपाली कांग्रेसकी पाण्डेले ३ हजार २ सय ८३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालकी गणिताकुमारी महतोले दुई हजार ४२९ मत प्राप्त गरिन्।
धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस
धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा कांग्रेसका प्रदीप यादवले चार हजार ४०९ मतका साथ विजयी भएकाेमा निकटतम प्रतिस्पर्धी लोसपा पूर्वप्रमुख रामज्ञान मण्डलले २ हजार ८१५ मत प्राप्त गरे।
उपप्रमुखमा पनि कांग्रेसकी दुर्गा देवी चार हजार ४६५ मत ल्याएर विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी लोसपाकी दीपिका क्षेत्रीले २ हजार ९ सय ३ मत प्राप्त गरिन्।











