Kathmandu Press

भरतपुरमा ७४ हजार मत गन्दा रेणु दाहाल साढे ५ हजारले अगाडि

मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्।
भरतपुरमा ७४ हजार मत गन्दा रेणु दाहाल साढे ५ हजारले अगाडि

भरतपुर, जेठ ७ : भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो।

मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्।

महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रका रेणु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई ५ हजार ५९० मतान्तरले पछि पारेकी छन्।

दाहालले २८ हजार ८०८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार २१८ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरे।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १३ हजार ९९ मतान्तरले अग्रता लिएका छन्।

अधिकारीले ३१ हजार १२१ मत प्राप्त गर्दा गुरुङले १८ हजार २२ मत प्राप्त गरे। यस्तै गणना जारी रहेका वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। 

गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा ३, ११ र १२, नेकपा एकीकृत समाजवादीले ७ र ९ तथा माओवादीले वडा १३ मा विजयी हासिल गरेको छ। भरतपुर महानगरमा २९ वडा छन्।

प्रकाशित मिति: १४:१३ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्