कैलालीको जानकीमा नागरिक उन्मुक्तिका चौधरीको जित
कैलाली, जेठ ७ : कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी भएका छन्।नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित चौधरीले ७ हजार १५१ मत...
कैलाली, जेठ ७ : कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी भएका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित चौधरीले ७ हजार १५१ मत प्राप्त गरी जित हासिल गरेका हुन्।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले ५ हजार २ सय ४२ मत तथा एमालेका टंकबहादुर बमले ४ हजार २४१ मत पाएका छन्।
त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया छ हजार ५२६ मतसहित निर्वाचित भएका छन्।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका जयप्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे।
प्रकाशित मिति: १३:२९ बजे, शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











