Kathmandu Press

दोलखाको  विगु प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले निर्वाचित

दोलखा, जेठ ७ : दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।  गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका...
दोलखाको  विगु प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले निर्वाचित

दोलखा, जेठ ७ : दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।  

गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित भएका हुन्।

पालिका प्रमुखमा ४ हजार १०० मत प्राप्त गरी ओली निर्वाचित भएका हुन्। प्रमुखमा एमालेका उम्मेदवार अच्छुतम केशीले तीन हजार ९७३ मत प्राप्त गरेका छन्। 

गठबन्धनको तर्फबाट गाउँपालिका उपप्रमुखका उम्मेदवार बनेका नेपाली कांग्रेसका आङनिमा शेर्पालाई पराजित गर्दै एमालेका थामी उपप्रखुममा निर्वाचित भएका हुन्।

थामीले चार हजार १३ मत प्राप्त गरेको छ भने प्रतिस्पर्धी शेर्पाले तीन हजार ८२६ मत प्राप्त गरेका छन्। आठ वडा रहेको विगु गाउँपालिकामा एमालेले तीन, माओवादी र कांग्रेसले दुई दुई र एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन्। 

प्रकाशित मिति: १२:४६ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्