Kathmandu Press

नरैनापुरमा जसपा विजयी

राँझा, जेठ ७ : स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक...
नरैनापुरमा जसपा विजयी

राँझा, जेठ ७ : स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिएका हुन्। 

अध्यक्ष पदमा शाहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई एक हजार ३५२ मतको अन्तरले पराजित गरेका छन्। शाहले पाँच हजार ३७ मत प्राप्त गरी विजय हुँदा निकटम प्रतिस्पर्धी मौर्यले तीन हजार ६८५ मत ल्याए। नेकपा एमालेकी पद्मावती यादवनीले तीन हजार १२२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए। 

उनका अनुसार, उपाध्यक्षमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गरेका छन्। श्रीवास्तवले तीन हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी अतिकुनले ३ हजार ६७२ मत ल्याएको छ। तेस्रो स्थानमा नेकपा एमालेका पञ्चराम यादवले २ हजार ८ सय ४ मत प्राप्त गरेका छन्। 

गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका इसाक जोलाह, वडा नम्बर २ मा जसपाका मसुद अहमद शाह, वडा नम्बर ३ मा जसपाका अजयकुमार मिश्र, वडा नम्बर ४ मा कांग्रेसका मनोजकुमार शर्मा, वडा नम्बर ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा कांग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन्।

प्रकाशित मिति: १२:१२ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्