काठमाडाैं–८ मा कांग्रेसको नेतृत्व
काठमाडाैं, जेठ ७ : महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आशामान संगत अध्यक्षमा विजय भएका छन्। सङ्गतले एमालेका उमेशकुमार कुइँकेललाई ८१९...
काठमाडाैं, जेठ ७ : महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आशामान संगत अध्यक्षमा विजय भएका छन्।
सङ्गतले एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएको हो। उनको प्यानलनै निर्वाचित भएको हो।
सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भएको छ।
महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजय भएका हुन्।
हाल कामपा वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना कार्य जारी छ।
कामपामा कुल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ।
प्रकाशित मिति: १२:०६ बजे, शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











