टोखाका नवनिर्वाचित मेयर भन्छन्– सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्छु
काठमाडाैं, जेठ ७ : टोखा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारीले सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका छन्।दोस्रो कार्यकालका लागि नगरप्रमुखका् पदभार ग्रहण...
काठमाडाैं, जेठ ७ : टोखा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारीले सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका छन्।
दोस्रो कार्यकालका लागि नगरप्रमुखका् पदभार ग्रहण गरेपछि उनले विगतको कार्यकालमा बाँकी रहेका विकासका काम पूरा गर्दै सबै राजनीतिक दल र जनतालाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका हुन्र
अधिकारीले विगतको कार्यकालमा भत्केका बाटो कालोपत्रे, शुद्ध खानेपानीको व्यवस्था मिलाउन नसकेको भन्दै आगामी कार्यकालयमा उक्त काम पुरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले भने, ‘टोखा धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको नगरपालिको हो, यसको विकासका लागि म निरन्तर लाग्नेछु ।’
विगतको कार्यकालमा ऐन, नीति नियम निर्माणमा अधिकांश समय बितेकाले विकासको जग बसालेको बताउँदै बताउँदै मेयर अधिकारीले अब त्यसलाई पूरा गर्न एकजुट भएर लाग्ने बताए । आगामी पाँच वर्षमा टोखा नगरपालिकाले ठूलो विकास गर्ने उनको भनाइ छ। उलने सबै क्षेत्रका अभियन्ताको राय, सुझाव र सल्लाहमा आगामी वर्षको बजेट निर्माण गर्ने बताए।
स्थानीय तहको निर्वाचनमा नगरप्रमुख अधिकारीले नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गर्दै विजयी भएका थिए।अधिकारीले १० हजार ३ सय ४० मत प्राप्त गर्दा कांग्रेसकी थापाले १० हजार १ सय ६६ मत प्राप्त गरेकी थिइन्। टोखाको उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका थिए।











