Kathmandu Press

नेपाल टेलिकमको तिहार अफर : रिचार्ज गर्दा २० प्रतिशतसम्म बोनस

काठमाडाैं, कात्तिक ८ :  नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतका अवसरमा यस वर्ष पनि मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने ....

नेपाल टेलिकमको तिहार अफर : रिचार्ज गर्दा २० प्रतिशतसम्म बोनस

काठमाडाैं, कात्तिक ८ :  नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतका अवसरमा यस वर्ष पनि मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ।

 योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी-एलटिइ र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत निरन्तरता दिइएको छ।

आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ। यस योजनामा ५०, १०० र २०० रूपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत तथा ५०० र १००० रूपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ।

 ५०, १०० र २०० रूपैयाँको बोनस तीन दिनभित्र तथा  ५०० र १००० रूपैयाँको बोनस पाँच दिनभित्र उपयोग गरिसक्नुपर्नेछ। त्यसैगरी एमपोसबाट १० देखि ४९९ रूपैयाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत र  ५०० रुपैयाँ वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ। बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र उपयोग गरी सक्नुपर्नेछ। 

त्यसैगरी फोरजी-एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन। अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ। टेलिकमले पहिलोपटक फोरजी-एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको २०० एमबी डाटा बोनसको रुपमा उपलब्ध गराएको छ। 

यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ। रासस

प्रकाशित मिति: १९:४८ बजे, शुक्रबार, कात्तिक ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्