Kathmandu Press

डोटीमा बस दुर्घटना, १८ महिने बालक वेपत्ता, ३ जनाकाे अवस्था गम्भीर

डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् भने बसका सहचाहकसहित ३ जना गम्भीर घाइते भएका छन्।
डोटीमा बस दुर्घटना, १८ महिने बालक वेपत्ता, ३ जनाकाे अवस्था गम्भीर

डोटी, जेठ ७ : डोटीमा शनिबार बिहान बस दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् भने् ३ जना गम्भीर घाइते भएका छन् । डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् भने बसका सहचाहकसहित ३ जना गम्भीर घाइते भएका छन्।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनाम ८ जना सामान्य घाइते भएका छन्।

दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। सामान्य घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।

अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिनका छोरा सुजन शाही बेपत्ता भएको प्रहरीले जनाएको छ। बस सेती नदीको किनारमा पुगेका कारण बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

प्रकाशित मिति: १०:०७ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्