Kathmandu Press

महाभारत गाउँपालिकामा गठबन्धनको जित

काभ्रे, जेठ ७ : काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिकामा गठबन्धनले जित निकालेको छ। महाभारतको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा निर्वाचित हुँदा उपाध्यक्षमा नेपाली...
महाभारत गाउँपालिकामा गठबन्धनको जित

काभ्रे, जेठ ७ : काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिकामा गठबन्धनले जित निकालेको छ। महाभारतको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा निर्वाचित हुँदा उपाध्यक्षमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन्।

शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले ३ हजार ८ सय ९१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले ३ हजार १ सय ९५ मत प्राप्त गरे। जिम्बा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

यस्तै, उपाध्यक्ष निर्वाचित मोक्तानले ४ हजार १ सय ६९ मत मत गरिन्।  उनका निकटतम प्रतिस्पर्धी एमालेकी शान्ति तितुङ रानामगरले १ हजार ५ सय ३० मत प्राप्त गरिन्।

काभ्रेका १३ स्थानीय तहमध्ये १२ वटा पालिकाको मतगणना सम्पन्न भइसकेको छ । पाँचखाल नगरपालिकाको मतगणना जारी छ।

प्रकाशित मिति: ०९:५४ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्