Kathmandu Press

भरतपुरमा रेणु दाहालको पाँच हजारको मतको अग्रता

भरतपुर, जेठ ७ : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले पाँच हजार मतको अग्रता लिएकी छन्।मुख्य निर्वाचत...
भरतपुरमा रेणु दाहालको पाँच हजारको मतको अग्रता

भरतपुर, जेठ ७ : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले पाँच हजार मतको अग्रता लिएकी छन्।

मुख्य निर्वाचत अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म ७० हजार ४७४ मत गणना भएको छ। जसमा दाहालले २७ हजार ४१२ प्राप्त गरेकी छिन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदी पछ्याइरहेका छन्। उनले २२ हजार २७९ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता बढाउँदै लगेका छन्। उनले २९ हजार ५२५ मत पाएका छन्। प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १६ हजार ३२५ मत पाएकी छन्।

प्रकाशित मिति: ०७:५६ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्