Kathmandu Press

पोखरा महानगरको मेयरमा गठबन्धनको अग्रता

पोखरा, जेठ ७ : पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।आज बिहानसम्म ८० हजार १५४ मत मतगणना भएका छन्। जसमा...
पोखरा महानगरको मेयरमा गठबन्धनको अग्रता

पोखरा, जेठ ७ : पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

आज बिहानसम्म ८० हजार १५४ मत मतगणना भएका छन्। जसमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले ३२ हजार ४८० मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरेका छन्। थापाभन्दा आचार्य तीन हजार ४३९ मतले अगाडि छन्।

त्यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ३३ हजार २२१ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मत पाएकी छन्।

प्रकाशित मिति: ०७:४८ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्