Kathmandu Press

बोदेवर्साइनको मेयरमा जसपाका यादव निर्वाचित

सप्तरी, जेठ ७ : सप्तरीको बोदेबर्साइन नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित भएका छन्।निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले पाँच...
बोदेवर्साइनको मेयरमा जसपाका यादव निर्वाचित

सप्तरी, जेठ ७ : सप्तरीको बोदेबर्साइन नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादव निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले पाँच हजार ६९३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले पाँच हजार २८० मत पाए।

यस्तै उपमेयरमा जसपाकी रेणकुमारी साह निर्वाचित भएकी छन्। उनी पाँच हजार १५४ मत ल्याएर विजयी भएकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी पुनिताकुमारी साहले चार हजार ९३६ मत पाइन्। बोदेबर्साइन नगरपालिकामा कूल २१ हजार २९१ मत खसेका थिए।

प्रकाशित मिति: ०७:१८ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्