Kathmandu Press

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवारले बढाए अग्रता

धरान, जेठ ७ : सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) ले अग्रता बढाउँदै लगेका छन्।आज बिहानसम्मको मतगणनाअनुसार, साम्पाङले १३ हजार...
धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवारले बढाए अग्रता

धरान, जेठ ७ : सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) ले अग्रता बढाउँदै लगेका छन्।

आज बिहानसम्मको मतगणनाअनुसार, साम्पाङले १३ हजार ४०५ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर राईले ११ हजार ४४ मत पाएका छन्।

तेस्रो स्थानमा रहेकी नेकपा (एमाले) की उम्मेदवार मञ्जु भण्डारी (सुबेदी) ले नौ हजार ५४ मत पाएकी छन्।

उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार आइन्द्र विक्रम बेघाले अग्रता बढाएका छन्। बेघाले १३ हजार ५९ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका पदम इस्वोले १२ हजार ३१७ मत पाएका छन्।

प्रकाशित मिति: ०६:५४ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्