Kathmandu Press

विराटनगरको मेयरमा नागेश कोइराला निर्वाचित

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन्।
विराटनगरको मेयरमा नागेश कोइराला निर्वाचित

विराटनगर, जेठ ७ : विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन्।

नेकपा (एमाले)का सागर थापालाई पराजित गर्दै कोइराला मेयर बनेका हुन्। उनले ३० हजार १७० मत प्राप्त गरे भने प्रतिस्पर्धी एमालेका थापाले २१ हजार ४५५ मत प्राप्त गरे।

त्यस्तै, उपमेयरमा एमालेकी  शिल्पा निराला कार्की निर्वाचित भएकी छन्। जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै उनी उपमेयर बनेकी हुन्।

उपमेयर कार्कीले २५ हजार ६८० मत प्राप्त गरिन्। जसपाका यादवले १४ हजार २१९ मत प्राप्त गरे। यादव जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।

विराटनगरमा सत्तारुढ गठबन्धनले तालमेल गरेको थियो।

प्रकाशित मिति: ०६:२० बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्