बालेनले ३० हजार मत कटाउँदा स्थापितको १६ हजार तीन सय
शुक्रबार राति प्राप्त मतगणनाको परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार ८५८ मत पाएका छन् ।
काठमाडौं, जेठ ६ : काठमाडौं महानगरपलिकाको मतगणना जारी रहेको छ ।
शुक्रबार राति प्राप्त मतगणनाको परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार ८५८ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ३३७ मत पाएका छन् भने नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १५ हजार ९६० मत पाएकी छन् ।
यता, उपमेयरमा उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता रहेको छ । डंगोलले २६ हजार ५७५ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत पाएका छन् ।
प्रकाशित मिति: २२:४१ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











