कामपा वडा २९ मा कांग्रेसका ढकालको प्यानलै विजय
काठमाडौं, जेठ ६ : काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी भएका छन् । ढकालले नेकपा (एमाले) का निकटतम प्रतिद्वन्द्वी...
काठमाडौं, जेठ ६ : काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी भएका छन् । ढकालले नेकपा (एमाले) का निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय भएका हुन् । ढकालले एक हजार ९२१ मत प्राप्त गर्दा राजवंशीले एक हजार ८७१ मत प्राप्त गरे ।
त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल विजयी भए । महिला सदस्यतर्फ कांग्रेसको रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी विजय भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
हाल कामपा वडा नं १, २, ३ ,४ ५, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ६, ७, ८, ९, १०, २५, २६, र ३१ के मत गणना कार्य जारी छ । अहिले कामपामा ७४ हजार ७५१ मत गणना कार्य सकिएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।











