रुपन्देहीको सैनामैना नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
काठमाडौं, जेठ ७ : रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका...
काठमाडौं, जेठ ७ : रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका शर्माले १५ हजार ६ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्र बहादुर कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे । शर्माले निवर्तमान प्रमुखलाई ५ सय ८२ मतले पछि पार्दै विजय निकालेका हुन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकी विना राना १५ हजार ७ सय ६२ मत ल्याउँदै विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मान बहादुर महतले १३ हजार ७ सय २० मत ल्याए ।
प्रकाशित मिति: २०:४५ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











