Kathmandu Press

सार्वजनिक भिडियोप्रति गृहको गम्भीर ध्यानाकर्षण

काठमाडौं, जेठ ७ : केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।उक्त भिडियोबारे...
सार्वजनिक भिडियोप्रति गृहको गम्भीर ध्यानाकर्षण

काठमाडौं, जेठ ७ : केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वको बनेको समितिमा समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् ।

समितिले शुक्रबारदेखि नै काम सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: २०:४२ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्