Kathmandu Press

मोटरसाइकल समातेको भन्दै प्रहरीका असईले कुटे हवल्दार

काठमाडाैं, जेठ ६ : रौतहटको मौलापुर नगरपालिका ८ स्थित सोनरियामा मोटरसाइकल समातेको विषयलाई लिएर प्रहरी हवल्दारमाथि कुटपिट भएकाे छ।वीरगन्जको विपद् व्यवस्थापनमा कार्यरत प्रहरी...
मोटरसाइकल समातेको भन्दै प्रहरीका असईले कुटे हवल्दार

काठमाडाैं, जेठ ६ : रौतहटको मौलापुर नगरपालिका ८ स्थित सोनरियामा मोटरसाइकल समातेको विषयलाई लिएर प्रहरी हवल्दारमाथि कुटपिट भएकाे छ।

वीरगन्जको विपद् व्यवस्थापनमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कमलेश यादवले ट्राफिक प्रहरीका सहायक हवल्दार राजकिशोर यादव र उनका भाइ सिकन्दर यादवलाई कुटपिट गरेका हुन्।

बाराको आदर्श कोतवाल गाउँपालिकास्थित च्यूटामा स्थानीय तहको निर्वाचनको मतगणनामा खटिएका यादव संगठनलाई जानकारी नदिई रौतहटमा पुगेर उनीहरूमाथि आक्रमण गरेका हुन।

कुटपिटबाट दुवैजना घाइते छन्। यादवले घरेलु हतियार प्रहार सिकन्दरले बताए। घाइतेहरूकाे जिल्ला अस्पताल गौरमा उपचार भइरहेकाे छ।

बारास्थित आदर्श कोतवाल गाउँपालिकामा मतगणनामा खटिएका असई यादव पेस्तोल बोकेर बिना जानकारी रौतहट आएका थिए। घट्नापछि असई यादव भागेर पुन कार्यरत स्थान बारामा हाजिर भएका छन्।

प्रकाशित मिति: १९:४६ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्