प्यूठानमा हावाहुरीले उडायाे स्वास्थ्य चाैकीकाे छाना
काठमाडाैं, जेठ ६ : शुक्रबार साँझ आएकाे हावाहुरीले प्यूठानको फोप्ली स्वास्थ्य चौकीको छाना उडाएको छ।चौकीको करिब आधा भागमा रहेको जस्ताकाे छाना उडाएको हाे।स्वास्थ्य...
काठमाडाैं, जेठ ६ : शुक्रबार साँझ आएकाे हावाहुरीले प्यूठानको फोप्ली स्वास्थ्य चौकीको छाना उडाएको छ।
चौकीको करिब आधा भागमा रहेको जस्ताकाे छाना उडाएको हाे।
स्वास्थ्य चौकीको छाना उडाएपछि चौकीभित्रै पानी पसेको छ। पानीले अत्यावश्यक सामानहरु भिझाएको छ। स्वास्थ्य चौकीको छाना उडाएपछि स्वास्थ्यकर्मी अहिले स्थानीयको घरमा बसेका छन्।
प्रकाशित मिति: १९:३१ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











