Kathmandu Press

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता

वीरगञ्ज, जेठ ६ : पर्साको वीरगञ्ज महानगरपालिकाको  पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता  दिएका...
वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता

वीरगञ्ज, जेठ ६ : पर्साको वीरगञ्ज महानगरपालिकाको  पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता  दिएका छन। नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगी १२ हजार २८९ मतसहित उनीसँग प्रतिस्पर्धामा छन।

यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनका उम्मेदवार इम्तियाज आलमले  कूल १६ हजार ८६१ मतसहित अग्रतालाई निरन्तरता दिएका छन। उपप्रमुख पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पुरुषोत्तमलाल झा तीन हजार ५७६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन।

हालसम्म यस महानगरपालिकामा कूल ४६ हजार ३५२ मत गणना भएको हो।  महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ। कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा  अन्य वडाहरुको मत परिमाण आउन बाँकी छ।

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्