६० हजार मत गणना हुँदा दाहाल तीन हजार बढी मतान्तरले अगाडि
चितवन, जेठ ६ : भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार २०५ मतले...
चितवन, जेठ ६ : भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार २०५ मतले अग्रता लिएकी छन। महानगरको वडा नम्बर १ देखि १२ सम्मको गणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार विजय सुबेदीले १९ हजार ३९३ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार ३७९ मत प्राप्त गरे।
महानगरको उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई नौ हजार ५५३ मत अन्तरले अग्रता कायम राखेका छन। अधिकारीले २४ हजार ८५४ मत प्राप्त गर्दा हिमला गुरुङ्ले १५ हजार ३०१ मत प्राप्त गररिन। यस महानगरपालिकाको अहिलेसम्म गणना सम्पन्न भएका वडामा वडा नम्बर १, २, ४, ५, ६, ८, १० नेपाली कांग्रेस, ३, ११ र १२ एमाले, ७ र ९ नेकपा (एकीकृत समाजबादी)का उम्मेदवार अध्यक्षमा विजयी भएका छन। यस पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ।











